बागलुङ – ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारमा मध्यरातमा भीषण आगलागी भएको छ । आगलागीबाट दुईघर पूर्णरुपमा ध्वस्त भएका छन् ।
बुर्तिवाङ बजार प्रभु फाईनान्सको नजिकै रहेको गणेश बुढा र रामबहादुर घर्तीको पक्की तीनतले घर खरानी भएको हो ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार सदरमुकामबाट आएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
आगोलागिबाट कुनै मानवीय क्षति भएको छैन । विद्युत सट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया