बुधबार भारतको गोरखपुरबाट अमृतसर रेलमा जाने तयारी भए पनि माैसमको खराबीका कारण नेपाली टोली बसमै गएको टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उहाँले बताउनुभयो । गोरखपुरबाट अमृतसर बसबाट यात्रा गर्दा करिव २४ घण्टा लाग्दछ।
नेपाली टोलीको पहिलो खेल २४ गते छ, तर मौसम खराबका कारण रेल बेलैमा नछुट्दा पहिलो खेल्न नै गुम्ने होकि भन्ने डर रहेके उहाँले बताउनुभयो । नेपालले ३ वटा खेल पाकिस्तानमा र २ वटा खेल दुवईमा खेल्नेछ ।
नेपालबाट पाकिस्तानको सीधा उडान नभएको, बंगलादेश या दुबइबाट पाकिस्तान जान जहाजका टिकट महगों पर्ने भएपछि पैसा जुटाउन नसक्दा नेपाली टोली भारतबाट रेल र बस चढेर पाकिस्तान गएको हो ।
तपाईको प्रतिक्रिया