अर्घाखाँचीबुलेटिन ।
सिंगापुरको एक स्कूलका प्रिन्सिपलले लेखेको पत्र अहिले संसारका धेरै मानिसले पढेका छन् । उनले विद्यार्थीका अभिभावकहरूलाई सम्बोधन गरी लेखेको पत्र यसरी भाइरल बनेर फैलिएको हो ।
नेपालमा पनि अब वार्षिक परीक्षा आउन लागेको सन्दर्भमा उनको पत्रले हाम्रालागि पनि अर्थ राख्ने हुँदा यसको सान्दर्भिकता देखिएको छ । प्रस्तुत छ उनले लेखेको पत्रको नेपाली अनुवाद :
प्रिय अभिभावक, तपाईंका छोराछोरीको स्कूल परीक्षा अब छिट्टै सुरु हुँदैछ । मलाई थाहा छ, तपाईं आफ्ना बालबालिकाले राम्रो गरुन् भनी चिन्तित हुनुहुन्छ । तर याद गर्नुहोस्, जुन जुन विद्यार्थी परीक्षाको टेबलमा बसेका छन्, तीमध्ये कोही कलाकार पनि छन् जसलाई गणितसित केही लिनुदिनु छैन । तीमध्ये कोही उद्यमी पनि छन् जसलाई इतिहास या अँग्रेजी साहित्यसित केही सरोकार छैन । तीमध्ये कोही संगीतकार पनि छन् जसलाई रसायनशास्त्रसित कुनै मतलब छैन । तीमध्ये कोही खेलाडी छन् जसका लागि शरीरविज्ञानभन्दा शारीरिक–सुगठन महत्वपूर्ण छ ।
यदि तपाईंको छोरा या छोरीले राम्रो अंक ल्यायो या ल्याइन् भने त्यो एकदमै खुसीको कुरा हो । तर यदि त्यस्तो भएन भने कृपया उनीहरूको आत्मविश्वास र गौरवलाई कमजोर बनाउने काम तपाईबाट नहोस् । बरु उनीहरूलाई भन्नुस् कि ‘ठिक छ, यो केवल सानो परीक्षा मात्रै हो ।’ उनीहरूलाई भन्नुस् कि ‘तिमीले ल्याएको अंक धेरै होस् या थोरै, केही फरक पर्दैन । म तिमीमाथि न्याय गर्दिनँ तर म तिमीलाई धेरै माया गर्छु ।’
यसो गर्नुुस् र हेर्नुस् । तपाईका छोरा या छोरीले एकदिन दुनियामा राज गर्नेछन् । एउटा परीक्षाले उनीहरूको क्षमता र सपनालाई खोसेर लैजान सक्दैन ।
अनि यो पनि याद गर्नुहोस्, यो दुनियामा डाक्टर र ईञ्जिनियर मात्रै खुसी भएर बाँचेका छैनन् ।
प्रस्तुति : जेबी दर्लामी
तपाईको प्रतिक्रिया