सन्धिखर्क, साउन ३ [ अर्घाखाँची बुलेटिन ]- यस वर्षको पहिलो चन्द्रग्रहण श्रावन १२ गते शनिबारको दिन लाग्ने भएको छ।
चन्द्र ग्रहण श्रावन १२ गतेको मध्यरातिको १२ बजेर ९ मिनेट देखि शुरु भने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। यस चन्द्र ग्रहण ४ बजेर ०५ मिनेट सम्म हुनेछ। सूतक काल भने ३ बजेर ९ मिनेट देखि मात्र शुरु हुनेछ। यस वर्षकै पहिलो चन्द्र ग्रहण यसपाली ३ घण्टा ५५ मिनेट रहनेछ। ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहणको विभिन्न राशिमा विभिन्न असर पर्ने हुन्छ। कोहि राशिलाई धेरै लाभ मिल्ने गर्छ भने कोहि राशिलाई भने धेरै नोक्सान मिल्न सक्छ।
अब हुन लागेको चन्द्र ग्रहणले मेष, वृष, सिंह, वृश्चिक अनि मीन राशिलाई शुभ फल दिलाउने देखिन्छ। यी राशि हुनेहरुको सम्पूर्ण समस्या दुर भएर जान सक्ला। तर मिथुन, तुला, मकर, र कुम्भ राशिलाई भने अनिष्ट सावित हुने बताइएको छ।
तपाईको प्रतिक्रिया