मुमा राम गैरे ,अर्घाखाँची।
जेठ २९ , अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर - २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा बाट ६ दिन देखि एक विवाहित महिला आफ्नो एक छोरा संग बेपत्ता भएकी छिन ।
बेपता हुनेमा छत्रदेव गाउँपालिका - २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल रहेकी छिन ।
उनि येही गत मिति जेठ ,२४ गते बिहान देखि आफ्नो ६ बर्षिय छोरा मोहित पौडेललाइ आफु संगै लगी आजको मिति सम्म आफ्नो घर परिवार र श्रीमान् संग सम्पर्कबिहिन भएकी छिन ।
जमुना पौडेलका श्रीमान् हाल रोजगारीको शिलशिलामामा कतारमा कार्यरत रहेका छन् ।उता घरमा उनकी श्रीमतीले आफुले कतारमा ३ बर्ष पसिना बगाएर कमाएको पैसा र गरगहना सबै कुम्ल्याएर श्रीमान् बाट सम्पर्कविहिन रहेकी छिन ।
उनको फोन जेठ ,२४ गते शुक्रबार देखि बन्द (स्विच अफ )रहेको छ ,जमुनालाइ उनका घरपरिवार र माइती पक्षका आफन्तजनहरुले आजको मिति सम्म खोजतलास गर्दा पनि जमुना पौडेल र उनका छोरा मोहित पौडेललाइ भेटाउन सकिरहेका छैनन् ।
बेपत्ता हुने जमुना पौडेलका श्रीमान् संग अर्घाखाँचीबुलेटिनले सोधपुछ गर्दा आफ्नी श्रीमती संग उनको राम्रो सम्बन्ध रहेको र बिगत केहि साल एता आफ्नो आमा बुवा संग छुट्टिएर आफ्नी श्रीमती र छोरालाइ बेग्लै घरमा राखी आफु कतार गएको जानकारी दिएका छन ।
जमुना पौडेलको माइती घर गुल्मी जिल्लाको दिघाम भन्ने ठाउमा रहेको छ ।तर जमुना आज सम्म माइतीघरमा पनि न आएको उनका आफन्तजनहरुले बताउछन । येही गत मिति २०७६ साल जेठ ,२४ गते शुक्रबार बिहान देखि घरमा कोहि कसैले खबर नगरी आजको मिति सम्म श्रीमती र छोरा सम्पर्कमा नआउँदा उता कतारमा रहेका निजका श्रीमान अत्यन्तै पिडामा छन् ।
जमुनाका श्रीमान् लालमणि पौडेल स्वयं आफैले आफ्नी २६ बर्षिय श्रीमती र मोहित छोरा ६ दिन देखि बेपत्ता रहेको अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका हुन् ।
तेसैले कृपया मित्रहरु कोहि कसैले माथि राखिएको तस्विरमा देख्नु हुने जमुना पौडेल र मोहित पौडललाइ कहिँ कतै डुलीरहेको अवस्थामा देख्नु भयो भने तुरुन्तै- ९८६७३६८६५८ ,०९१७५३१८५७३४८ मोबाइल नम्बरमा वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अपिल गर्दछौ !!
तपाईको प्रतिक्रिया