गजल
अर्धमृतको नबाच्ने मर्ने ठिगान हुन्छ!
मर्नेहरु को त कम्सेकम चिहान हुन्छ!
हड्डी खियाउने पसिना पोख्नेको होइन,
यो दुनयामा हुने खानेकै साहान हुन्छ!
आदिम कथामा भगवानको मात्र होइन,
अचेल आधुनिक मानवको बाहान हुन्छ!
न दिन बाच्यो न रातनै बाच्यो यहाँ सधै,
दिन रातको काल साझ र विहान हुन्छ!
कजाउने लाई के मत्लव र समय मर्नुको,
गर्नेको कतिखेर मर्छ कुर्दाकुर्दै हैरान हुन्छ!
मुकु्नद राज रोका
तपाईको प्रतिक्रिया