गजल
सन्चो छैन ज्यान डाक्टर संग जचाउनु छ!
प्रकृति संग होईन मलाई उ संग बचाउनु छ!
दु:ख दियो अनगन्ति मान्छे लाई यो खटिराले,
सदाको लागि निको नहुने खटिरो कटाउनु छ!
बलिया छन् सानो बलको के हुन्छ र काम पनि,
नफाट्ने कुसंस्कृति थांग्रा संघर्षले फटाउनु छ!
जाग्न खोज्छन् कहिले काहीँ ससाना भड्काव,
उस्को प्रभाव उठ्नै नसक्ने गरि ठटाउनु छ!
अब नसक्ने भएर रे अन्याय खान कति थप्छौ,
भनन अझै तिम्रो दलन मलन कति पचाउनु छ!
मुकुन्द राज रोका
तपाईको प्रतिक्रिया