# गजल#
सुनका दरबारमै बस्दा मेरो अाकास छानो किन!
अन्न कुहिन्छ रे मेरो पेटमा छैन अन्न दानो किन!
कति रोयौ कति तड्प्यौ राम हेरि रहन्छन् मात्र,
देखर सुनेर पनि दुनिया भैदिन्छ कानो किन!
सुनिन्छ संसार साढे सात अर्ब मान्छेले ढाके रे?
तर मान्छे मान्छे बाटै भए अाज बिरानो किन!
जन्मदा उहीँ प्रकृया मर्दा उहीँ बाच्दा सम्म हेरौ,
सम्पतिकै लागि हुन्छ मान्छे ठूलो र सानो किन!
श्रम सामुहिक हुनु पर्छ भन्छन् दुनिया ले पनि,
पुग्छ बाढ्दा हामिलाई बाढेनन्अन्न मानो किन!
मुकुन्द राज रोका
तपाईको प्रतिक्रिया