# गजल#
एक पटक दुनियाको जिम्मा देउन मलाई कसैले!
कुर्नु पर्दैन उज्यालो हेर्न लाई घाम जलाई कसैले!
डड्छ दुनिया ढाकेको अँध्यारो साम्राज्यको पक्कै,
खोज्नु नपर्ला कसिङ्गर पोल्न फेरि सलाई कसैले!
धेरै भोग्यो मेरो समाजले थला पारे मिलि यिनिहरु,
पाउने छैनन् मान्छेले मान्छे राज गर्न दलाई कसैले!
लगाई नया अोरापोरा उहीँ पुरानै अात्मा र देहमा,
बुझौ पुरानैमा नया अाउदैन पुरानो नढलाई कसैले!
छैन ईस्वर जनता झुक्काउने कुटिल चाल मात्र हो,
यो चालका बेतिथि रहेसम्म पाउदैन भलाई कसैले!
मुकुन्द राज रोका
तपाईको प्रतिक्रिया