Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कालिका मानवज्ञान मा•बिमा बिदाई तथा बधाई कार्यक्रम सम्पन्न (भिडियो सहित )

   
662   पटक पढिएको

टेकराज भुसाल
फागुन २३, बुटवल । बुटवलको कालिकानगर अवस्थित कालिका मानवज्ञान माध्यमिक बिद्यालयका कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुलाई एक समारोहका बिच शुक्रबार बिदाई गरेका छन्।

">

बिदाई समारोहमा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले शिक्षाबाट नै देश र समाज परिबर्तन हुने भन्दै कालिकाका बिद्यार्थीहरु उच्च शिक्षा हासिल गरि देश र समाज परिवर्तन गर्नमा अग्रसर हुनुपर्ने भन्दै शुभकामना दिनुभएको थियो।

बिद्यालयका प्राचार्य घनश्याम पाठकले बिद्यार्थीहरुलाई बिगतका बर्षहरुमा जस्तै आगामी बर्षहरुमा पनि शतप्रतिशत रिजल्ट ल्याउन सफल भई कालिकाको शिर सदैब उच्च राखि कालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्नमा थप सहयोग पुग्ने बताउनु भएकोथियो।

पाठकले आफू बिद्यालयको प्राचार्यका रुपमा बिद्यालयमा रहने अन्तिम बर्ष भएको समेत बताउनुभयो। कार्यक्रम कक्षा ११मा अध्यनरत सविना सुवेदिको अध्यक्षता र सरला शर्मा र हरिको सञ्चालन सम्पन्न भएकोथियो।

आजै साेहि बिद्यालयमा कक्षा ९ मा अध्यनरत सलिना भुर्तेलको अध्यक्षतामा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १०का बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाण्डाै।पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण