माधब पौडेल ,अर्घाखाँची
फागुन २५, अर्घाखाँचीबुलेटिन - अर्घाखाची जिल्लाको पूर्वी पाणिनी गाउँपालिका वडा नं १पणेना मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय मा कक्षा ९ मा अध्यनरत विद्यार्थीद्वारा SEE परीक्षाको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ।
कार्यक्रममा मन्तव्य कक्षा १० मा अध्ययनरत विद्यार्थी मोनिका पौडेल ,शिक्षक विष्णु गौतम ,गेहेन्द्र भटराई ले राख्नु भएको थियो ।शुभकामन मन्तव्य राख्दै शिक्षक विष्णु गौतम ले विदाई हुन लागेका विद्यार्थीहरुलाई शिक्षाको महत्त्व र यस ले जीवनमा पार्ने प्रभावको बारेमा बताउनु भयो ,साथै आउँदा दिन मा शैक्षिक सफलताको कामना पनि व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको बिशिस्ट अतिथी सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान दर्लामी,सभापति विद्यार्थी महेश सारु र कार्यक्रम को सञ्चालन विद्यार्थी अन्जु गौतम ले गर्नु भएको थियो
तपाईको प्रतिक्रिया