Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतको हरियाणामा अर्घाखाँचीको किटेनी ठुलापाटाका पदम थापाको मृ'त्यु

   
595   पटक पढिएको

खुमरायमाझी ,कुवेत।
असार २२ ,अर्घाखाँचीबुलेटिन - जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -७ का पदम बहादुर थापाको भारतको हरियाणामा असामायिक मृ,त्यु भएको छ।

मृ,त्यु हुनेमा सन्धिखर्क नगरपालिका ७ किटेनी ठुलापाटा निवासी नन्द बहादुर थापाका ४८ बर्षिय छोरा पदम ब.थापा रहेका छन्।

थापाको यही गत मिति २०७७ साल असार २० गते शनिवारको दिन बाटोमा हिड्दै गर्दा एक्कासि बेहोस भइ उपचारको लागि अस्पताल लैजादैं गर्दा बीच बाटोमै मृत्यु भएको धुर्वराज आचार्यले आफ्नो फेसबुक वालमा स्पष्टीकरण दिनुभएको छ।

मृतक थापा केहि बर्ष यता देखि रोजगारीको शिलशिलामा हरियाणा रहदैं आउनु भएको थियो। उनका घरमा दुइ छोरा र श्रीमती रहेको जानकारी आएको छ। थापाको मृ'त्यु अत्यधिक मदिरा सेवनबाट हुन् सक्ने बुझिएको छ।

थापाको शवलाइ उनका साथीभाई र घरपरिवारको सहकार्यमा कानुनि प्रक्रिया पुरा गरि हरियाणाको एक घाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको खबर प्राप्त भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया