काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।
वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।
डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।nepallive.com
तपाईको प्रतिक्रिया