अर्घाखाँचीमा मंगलवार ८ जना कोरोना संक्रमित थपिए

| २०७८ असार ९ गते ०१: २० मा प्रकाशित

श्याम घिमिरे।अर्घाखाँचीमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना,मालारानी गाउँपालीकामा १ जना र पाणिनी गाउँपालीकामा ३ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २४ सय ९० पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा २४६ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ७३ जना, भुमिकास्थान नगरपालीमा ३७ जना, शितगंगा नगरपालीकामा २७ जना, मालारानि गाउँपालीकामा ३५ जना, पाणिनि गाउँपालीकामा ४४ जना र छत्रदेव गाउँपालीकामा ३० जना संक्रमित रहेका छन ।

 संक्रमितमध्ये हालसम्म २१ सय ८० जनाले कोरोनालाई जितेका छन भने ६४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्