अर्घाखाँची जिल्लामा रहेका विपन्न बर्ग तथा साँस्कृतिक सम्पदाहरुमा नि:शुल्क मिटर जडान गर्ने कार्यको सुरुवात

| २०७८ असार १६ गते १६: ३२ मा प्रकाशित

प्रकाश रायमाझी। नेपाल विधुत प्राधिकरण अर्घाखाँची ले  जिल्ला मा रहेका ६ वटा स्थानीय  तह का आर्थिक रुपले विपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुमा  नि:शुल्क विधुत मिटर  जडान गर्ने कार्यको शुरुवात गरेको छ ।

नेपाल विधुत प्राधिकरण अर्घाखाँची ले कार्यालयमा आएका जिल्ला का सन्धिखर्क , शीतगंगा ,भुमिकास्थान नगरपालिका  तथा पाणिनि , मालारनी , छत्रदेव गाउँपालिका बाट आएका विपन्न  तथा साँस्कृतिक महत्वका सम्पदाहरु को  सिफारिस पत्र  तथा आवेदन अनुसार नि:शुल्क मिटर जडान र वितरण गर्न शुरु गरेको प्रमुख किरण खनाल ले जानकारी  दिनुभएको छ ।

मिटर जडान गरिदैं 

पुर्ब  सुचाना अनुसार २०७८ साल असार १५  गते सम्म मिटर आवेदन  दिन सकिने सुचना लाई थप गरि असार १८ गते सम्म कार्यालयमा सिफारिस तथा आवेदन आएमा क्रमिक रुपमा मिटर जडान गरिने जानकारी आएको छ। 

साथै असार १८ गते पछाडि  सिफारिस तथा आवेदन आएमा वितरण केन्द्र ले सिफारिस तथा आवेदन नलिने र अर्को सुचना नआए सम्म अत्ति विपन्न  वर्ग तथा साँस्कृतिक सम्पदाहरुको नि:शुल्क मिटर  वितरण बन्द गर्ने अर्घाखाँची वितरण प्रमुख किरण खनाल ले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्