बुधवार अर्घाखाँचीमा ७ जना कोरोना संक्रमित थपिए: थप १ जनाको मृ'त्यु

| २०७८ असार १६ गते १९: ४४ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५ जना,भुमिकास्थान नगरपालीकामा १ जना र पाणिनी गाउँपालीकामा १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ सय ७९ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १९५ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ६३ जना, भुमिकास्थान नगरपालीमा ३२ जना, शितगंगा नगरपालीकामा ८ जना, मालारानि गाउँपालीकामा १८ जना, पाणिनि गाउँपालीकामा ४६ जना र छत्रदेव गाउँपालीकामा २८ जना संक्रमित रहेका छन ।

कोरोना संक्रमित विवरण 

संक्रमितमध्ये हालसम्म २३ सय १८ जनाले कोरोनालाई जितेका छन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका ६ कि ७५ बर्षीय एक महिलाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस संगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ६६ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्