प्रहरी कसैको हतियार र मतियार नबन्ने - प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा

| २०७८ असार १७ गते १८: १४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। अर्घाखाँची जिल्ला मा भर्खरै मात्र सरुवा भइ आउनु भएका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले जिल्ला का विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुको परिचयात्म कार्यक्रम मा प्रहरी कसैको पनि हतियार र मतियार नहुने प्रस्ट पार्नु भएको छ।

बिहिवार आफ्नै कार्यकक्ष मा भएको अन्तरक्रिया कार्यक्रममा थापाले भन्नू भयो जिल्ला प्रहरी कार्यल्य मा आउने कुनै पनि घटना लाई तत्काल दर्ता गर्नु पुर्ब अनुसन्धान नगरी , दर्ता नगरिने भन्दै सम्पुर्ण अपराधको कारण मध्यपान र लागुपर्दाथ भएको उल्लेख गर्दै अबैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने हरुलाइ पुर्ण रुपमा बन्द गराइने, मानिस हरुलाइ कोबिड को कारण एकछाक कसरी खाने भन्ने पिडाको बेला जुँगा तास खेली मज मस्ती गर्ने हरुलाइ अभियान नै बनाइ पुर्ण रुपमा नियन्त्रण गरिने तथा सामाजिक संजाल कर्ता हरुले गलत ढंगले गलत सुचना प्रबाह गरेको पाइए तत्काल कार्बाहिको दायरामा ल्याउने भन्दै तत्काल समाजमा हुने गरेका आत्महत्या लाई न्यूनीकरण गर्न नागरिक समाज तथा विभिन्न संघ संस्था हातेमालो गरिने भन्दै प्रहरी मैत्री प्रहरी सेवा प्रदान गरिने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्