सन्धिखर्क ८ को गाँजरी देखि एक विवाहित महिला ८ बर्षिया छोरी सहित झन्डै २६ लाख हिनामिना पारि बेपत्ता

| २०७८ असार २० गते ०२: ०२ मा प्रकाशित

संधिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ गाँजरी निवासी टोप बहादुर सुनारकी २७ बर्षिया श्रीमती अञ्जना सुनार ४ दिन देखि बेपत्ता रहेकी छिन। बेपता हुने अञ्जना सुनार यही गत मिति २०७८ साल असार १७ गते बिहिबार मध्यराति करिब १२ बजेको समयमा आफ्नी ८ बर्षिया ना -बालिका छोरीलाई संगै साथमा लिएर घर देखि एकाएक बेपत्ता भएको अञ्जना सुनारका श्रीमान् टोप बहादुर सुनारले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिएका छन्। 

बिगत ४ दिन देखि आफ्नी श्रीमती र ८ बर्षिया छोरी अनुष्का सुनार एकाएक घर बाट बेपत्ता हुँदा निजका श्रीमान एकदमै चिन्तित रहेका छन्। बेपत्ता रहेकी अञ्जना र अनुष्का सुनारलाई घरपरिवारले जताततै खोजीनिधि गर्दा पनि अत्तोपत्तो नलागेपछि आफुले मिडियालाई खबर गरेको उनि बताउँछन्।

बेपत्ता हुने अञ्जना सुनारका श्रीमान बिगत ३ बर्ष देखि रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत रहेका छन्।यता आफ्नो श्रीमान विदेश रहेको मौका छोपी श्रीमानले विदेशमा पसिना बगाएर कमाएर पठाएको झन्डै १७ लाख रुपैँया र गाउँका समुह /संघसंस्था बाट श्रीमान् संग झुटो बोल्दै लिएको ४ लाख साथै ५ लाख बराबरका गरगहना सहित करिब २६ लाख जति कुम्ल्याएर ४ दिन देखि अञ्जना सुनार आफ्ना श्रीमान् र घरपरिवार बाट सम्पर्कविहीन रहेकी छिन। 

अञ्जना सुनारका श्रीमानले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिए अनुसार श्रीमान/श्रीमती विवाह बन्धनमा बाधिएको ११ बर्ष सम्म सम्बन्ध राम्रै रहेको बताउँछन्। तर सम्बन्ध राम्रो हुँदा हुँदै पनि आफ्नी श्रीमती ना - बालिका छोरी र झन्डै २६ लाख रुपैँया लिएर बेपत्ता हुँदा आश्चर्यचकित परेका छन्। 

बेपता हुने अञ्जनाका सुनारका श्रीमानले आफ्नो फेसबुक बाट पोष्ट गरेको स्टाटस जस्ताको तस्तै 

 

माथि तस्विरमा देख्नुहुने अञ्जना सुनार र निजकी ८ बर्षिया छोरी अनुष्का सुनारलाइ कहिँ कतै देख्नुहुने महानुभावहरुले तुरुन्तै नजिकको प्रहरी कार्यालय वा -  9844780804 बाबुराम सुनारको मोबाइल नम्बरमा तुरुन्तै  सम्पर्क गरिदिनहुन हार्दिक अपिल गर्दछौँ। 

प्रतिक्रिया दिनुहोस्