भुगर्भ सिमेन्टद्वारा खाँचीकोटका प्रभावित क्षेत्रमा बृक्षारोपण

| २०७८ असार २१ गते १२: १० मा प्रकाशित
कमला पोख्रेल,सन्धिखर्क। भुगर्भ सिमेन्ट प्रालिले खानी प्रभावित क्षेत्र सन्धिखर्कको खाँचीकोटमा बृक्षारोपण गरेको छ ।
 
सिमेन्ट उत्पादनको लागि चुनढुंगा लैजाने क्षेत्रको वातावरण सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको भुगर्भ सिमेन्ट प्रालिका सञ्चालक महेन्द्र रावलले बताए । खाँचीकोटको खानी प्रभावित क्षेत्रमा उत्तिस, दालचीनी , टिमुर, पैयु लगायतका ७ सय ५० विरुवा रोपिएको हो।
 
सिमेन्ट कम्पनीले प्रत्येक बर्ष खानी प्रभावित क्षेत्रमा वातावरण सन्तुलन कायम गर्न वृक्षारोपण गर्दै आएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रितम वहादुर थापाको उपस्थितिमा वृक्षारोपण गरिएको कम्पनीका सञ्चालक रावलले बताए । खाँचीकोटको चुनढुंगा लगी कम्पनीले कपिलवस्तुको चन्द्रौटामा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्