अर्घाखाँची को पाणिनिमा निर्माणाधिन चिस्यान केन्द्र को निर्माण अन्तिम चरणमा

| २०७८ असार २३ गते ०४: ११ मा प्रकाशित

माधव पौडेल  ,अर्घाखाँची। अर्घाखाची जिल्ला को पाणिनी गाउँपालिका वडा नं २ पोखराथोक मा निर्माणाधीन चिस्यान केन्द्र अर्थात् cold store ko निर्माण अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र श्री शिवशक्ति मिश्रीत कृषक समुह को लागत तथा सहभागिता मा संचालित आयोजना बहुवर्षीय आयोजना हो। 

 ३०० मेट्रिक टन बराबरको सामन अट्नसक्ने यो चिस्यान केन्द्र निर्माण को लागि मन्त्रालय बाट १ करोड ८७ लाख ७५ हजार ७४ र शिवशक्ति कृषक समुह को ६२ लाख ५८ हजार गरि कुल लागत २ करोड ५० लाख ३३ हजार ४ सय ३३  रकम मा निर्माण सम्पन्न हुन लागेको हो। 

कोल्ड स्टोर निर्माण भए संगै पाणिनी का किसान हरुमा खुसियाली छाएको छ । पाणिनि गाउँपालिका कृषि मा अगाडी भएको  कारणले पनि यो चिस्यान केन्द्र लाई महत्त्व  का साथ हेरिएकाे छ भने पाणिनि गाउँपालिका ले पनि कृषी क्षेत्र लाई महत्त्व का साथ हेर्ने गरेको छ ।

विशेष गरी पाणिनी गाउँपालिका सिम्ले का सुन्तला कृषक चिस्यान केन्द्र बने सँगै अब सुन्तलामा बिचौलिया को अन्त्य हुने बताउँछन् ।हरेक वर्ष बजार मा भाउ नपाउँदा पनि सुन्तला सस्तो मूल्य मा बेच्न पर्ने बाध्यकारी परिस्थिति को अन्त्य हुने कृषक को भनाई छ ।सिम्ले एउटा गाउँ बाट मात्रै वार्षिक २ करोड भन्दा माथि को सुन्तला निर्यात हुने गर्दछ ।यस गाउँ का मानिसहरू को आम्दानी को स्रोत भनेकै सुन्तला हो यस गाउँमा सुन्तला खेती लाई अजै विस्तार गर्दै लागिएको छ अब को  ५ वर्ष पछि यस गाउँ मा मात्रै  वार्षिक  ४  करोड भन्दा माथी को सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्