कोरोना खोपको माग गर्दै अर्घाखाँचीका शिक्षक धर्नामा

| २०७८ असार २५ गते १८: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क ।  अर्घाखाँचीका शिक्षकले शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना दिएका छन् । शिक्षक, कर्मचारी र सम्बन्धित उमेर समूहका विद्यार्थीको लागि तत्काल खोप लगाउन, आवश्यक पहल गर्न, संघीय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् ।  

शिक्षक ,विद्यालय कर्मचारी र बालविकासका शिक्षकले नेपाल शिक्षक महासंघको आन्दोलनको कार्यक्रमअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेले बताए ।  

धर्ना कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शिक्षकलाई फरक ढंगको व्यवहार गरेको बताएका छन् । उनीहरुले शिक्षकका मागको पुरा नभए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डे, नेपाल ट्रेड युनियन कांग्रेसका लुम्बिनी प्रदेश सचिव नन्दराम भट्टराई, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भुसाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल वेल्वासे, नेपाल राष्ट्रिय शिक्षक संगठनका दिनामणी वेल्वासे, एकिकृत अखिल नेपाल राष्ट्रिय संगठनका युवराज भुसाल, अखिल नेपाल शिक्षक संघका कृष्ण प्रसाद बन्जाडेलगायतले मन्तव्य राखेका थिए । 

अखिल नेपाल शिक्षक संगठनका लक्ष्मण वलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक संघ संगठनका महिला नेतृहरु सारदा भट्टराई, माधवा घिमिरे, राहत शिक्षकहरु खुमबहादुर बस्नेत, शिवबहादुर कुँवर, विद्यालय कर्मचारी प्रमोद गौतम, बालविकासका बसन्ता बस्नेतलगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्