गुरुदेव खनाल,भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -१ ओखटेकि ५० वर्षीय महिला डाली खनालको आफ्नै घरमा करेन्ट लागेर मृ'त्यु भएको छ।
करेन्ट लागेर अचेत अवस्थामा रहेकी खनालको उपाचारको लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो। बिडम्बना खनालको जिल्ला अस्पतालका डाक्टरहरुको चेकजाँच पछि मृ'त्यु भएको घोषणा गरिदिएका थिए।
मृतक डाली खनालको पोष्टमार्टम पछि आज नै भुमिकास्थानको सामने खोला घाटमा दाहसंस्कार गरिएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्