सन्धिखर्क नगरपालिका द्वारा बिपन्न समुदायका विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण

| २०७८ सावन ८ गते १६: २७ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। लुम्बिनी प्रदेश सरकार बाट मुख्यमन्त्री ग्रामीण बिकाश तथा रोजगार कार्यक्रम बिषेश अनुदान बापत सन्धिखर्क नगरपालिकाले विभिन्न वडामा संचालित बिध्यालय हरुमा शैक्षिक सामाग्री तथा ड्रेस हरु बितरण गरि रहेको छ।

विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै ठाकुर कुमार बि.क 

शुक्रबार एक कार्यक्रम का बिच नगरले नगरपालिका को वडा न.२ को गङा  आधारभुत बिध्यालयमा पनि बादी समुदायका १६ जना विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री हरु बितरण गरिएको छ।बितरण कार्यक्रम मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल नगर उपप्रमुख ठाकुर कुमार बिक शिक्षा अधिकृत मन्जु आचार्य वडा न. २ का वडा अध्यक्ष मोतिजङ रायमाझी  लगायतले बिध्यालयका प्रधानध्यापक प्रदीप भन्डारी तथा विद्यार्थी र उनका  अभिभावक हरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै वडा अध्यक्ष मोतिजङ रायमाझी

सन्धिखर्क नगरपालिका वडा न.२ का वडा अध्यक्ष मोतीजङ रायमाझी को अध्यक्षता मा सम्पन्न कार्यक्रम को संचालन भरत न्यौपाने ले गरेका  थिए

नगरप्रमुख कमल प्रसाद भुसाल 

प्रतिक्रिया दिनुहोस्