अर्घाखाँचीका ग्रामिण क्षेत्रका सडकमा भएको कालोपत्रेको धज्जिया उडाउँदै क्षमताभन्दा धेरै ओभोरलोड बोकेका ट्रक र टिपर :सम्बन्धित निकाय मौन

| २०७८ सावन ९ गते ०२: ०७ मा प्रकाशित

गुरुदेब खनाल ,सन्धिखर्क। अर्घाखाँचीका प्राय: जस्तो ग्रामिण क्षेत्रका सडकहरु कालोपत्रे भएता पनि ओभर लोड भएका ट्रक ,टिपरहरु जथाभावी आवतजावत गर्नेका कारण कालो पत्रे निक्लिएको अवस्थामा सडक हरु देख्न सकिन्छ। 

 क्षमता भन्दा धेरै लोड बोकेर तत्काल बन्दै गरेको सन्धिखर्क प्युठान सडक खण्ड अन्तर्गत किमडाँडा छेडा भन्ने स्थानमा मोटर बाटोको ओभर लोड बोकेका ट्रकहरुले उडाइरहेका छन्। 

छेडा सडकको धज्जिया उडाउँदै ट्रक ,टिपरहरु

अर्घाखाँची मा बिकास निर्माणका कार्यले ढिलो चाँडो भएतापनि गत अघाडी बढाएको देख्न सकिन्छ तर सम्बन्धित निकायाको मौनता र लाहपर्बाहीका कारण बिकास को नाममा झनै ठुलो बिनास भईरहेको छ। 

जिल्ला भित्र  आफ्नो क्षमता भन्दा धरै ओभरलोड बोकेका ट्रकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउनुपर्ने गम्भीर अवस्था देखिन्छ अन्यथा बिकास को नाम परिवारत गरेर विनास भनेर राख्दा केहि फरक नपर्ने सन्धिखर्क - ८ छेडाका स्थानीयवासीहरुले आक्रोश पोख्दै अर्घाखाँचीबुलेटिन सामु गुनासो पोखेका छन्। 

प्रतिक्रिया दिनुहोस्