अर्घाखाँचीमा एकैदिन थपीए ८३ जना कोरोना संक्रमित

| २०७८ सावन ९ गते १९: ३४ मा प्रकाशित

सागर महत,अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

 कोरोना संक्रमण बढ्दै गएपनि सम्बन्धीत निकायले रोकथामको लागि कुनै कार्य गरेका छैन ।यस्तै गएको २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३० जना,भुमिकास्थान नगरपालिकामा ४५ जना,मालारानी गाउँपालिकामा ४ जना ,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना विवरण 

 

यो सँगै हाल सम्म जिल्लाभरमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ९६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोन मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २६ सय २८ पुगेको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्