सितापुरमा साइबर अपराध र मानव अधिकार सम्बन्धि सचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ सावन १० गते १७: ३० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिका वाड न २ सितापुरमा साइबर अपराध र मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा यसै वाडका अध्यक्ष गोबर्धन थापा,विभिन्न पार्टिका प्रतिनिधीहरु, इप्रका ठाडाका प्रमुख सन्दिप बेल्बासे,विभिन्न स्कुलका प्रअ,क्लवहरु संघ सस्था स्थानिय बजारबासिहरुको उपस्थिति रहेको थियो । 

सचेतना मुलक अन्तरक्रिया कार्यक्रम

कार्यक्रममा बोल्दै बेल्बासेले सामाजिक सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेभसाइट ह्याक गर्ने, विशिष्ट व्यक्तिको फोटो इडिट गरी स्वरूप परिर्वतन गर्ने, अश्लील फोटो/भिडियो पठाउने र सञ्जालमार्फत जिस्काउने, अपमान गर्ने जस्ता विषयमा कारबाहीका लागि निवेदन पर्ने गरेको छ। विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने साइबर अपराधको घटना निकै बढेको देखिन्छ। लिंकरहरुले झुक्याएर पैसा उठाउनेहरुको बिगबिगीले गर्दा हाम्रो इलाकामा पनि केही घटना घटी सकेको बेल्बासेले जानकारी दिए। 

सितापुरमा सचेतना मुलक अन्तरक्रिया कार्यक्रम

त्यसैले यी दुई पक्षलाई सन्तुलित ढंगमा अगाडि बढाउनु जरुरी छ। त्यसका लागि साइबर क्राइम के हो ? साइबार क्राइम कसरी भइरहेका छन् ?  

कसरी निर्मुल गर्न सकिन्छ भनी अध्ययन/अनुसन्धान गर्ने, चेतनामूलक सामग्री उत्पादन र वितरण गर्नेसँगै अर्कोतिर अभिव्यक्ति स्वतन्त्रता र गोपनीयता संरक्षण गर्न देशमा निर्माण भइरहेका कानुन,कानुनको कमजोरी, कार्यान्वयनको अवस्थाबारे उत्तिकै अध्ययन र वकालत गर्ने हामी सबैको दाइत्यो भएकोले हामिले मिलेर कसरी समधान गर्ने सवैको जिम्मेवारी भएकोले वेलैमा सचेत रहन आग्रह समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्