पाटीलाई असर गर्ने पाेष्ट सामाजिक सञ्जालमा नराख्न कांग्रेस अर्घाखाँचीकाे आग्रह

| २०७८ सावन १० गते २०: ५५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ । 

पाटी सभापति विष्णुप्रसाद खनाल (मुस्कान) काे सभापतित्वमा सम्पन्न बैठकले पाटीलाई असर पर्ने कुराहरू सामाजिक सञ्जालमा पाेष्ट गर्ने कार्य नगर्न तथा नगराउन निर्देशन गर्ने लगायतका निर्णय गरेकोे जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनु भयो ।

भातृ सस्थाहरुकाे विषयमा सामाजिक सञ्जालमा बढी पाेष्ट भएकोले त्यसता कार्य नगर्ने , नगराउने , भातृ सस्थामा देखिएको विवाद समाधानका लागि युवा विद्यार्थी ईन्चार्ज पिताम्बर खनालकाे संयाेजकत्वमा समिति गठन गरि विवाद समाधान गर्ने लगायतका निर्णय गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्