सागर मरासिनी,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ गाजरी मा आज एण्टिजीन परिक्षण गर्दा २१ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज वडा को गाजरिमा १०४ जनामा गरिएको परिक्षण मा २१ जना मा कोरोना संक्रमण देखिएको सन्धिखर्क ८ का स्वास्थ्य चौकी प्रमुख प्रकाश परियार ले जानकारी दिनु भएको छ । कोरोना का कारण साउन १० गते यसै वडा का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाल को निधन भएको थियो ।
स्थानीयहरू मा कोरोना सग मिल्दो जुल्दो लक्षण देखिएपछि एण्टीजिन परिक्षण गरिएको का.वा. वडा अध्यक्ष देबी थापा भुसाल ले जानकारी दिनु भएको छ ।
कोरोना ले वडामा महामारी को रुप लिन थालेको भन्दै वडा कार्यालय ले आज राति १२ बजे पछि वडा मा बन्दाबन्दि (सिल) लगाउने भएको छ । वडा ले आज सुचना निकाल्दै अत्यावश्यक बाहेक का सम्पूर्ण क्षेत्र बन्द गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्