अर्घाखाँचीमा कोरोना भयावह रुपमा फैलिँदै: एकैदिन थपिए ८७ जना संक्रमित (सम्पूर्ण विवरण सहित)

| २०७८ सावन १२ गते १८: ४३ मा प्रकाशित

हरिप्रसाद भुसाल,अर्घाखाँची।अर्घाखाँची जिल्लामा आज एकैदिन ८७ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार अर्घाखाँची जिल्लाभर आज ८७ जना नयाँ संक्रमित थपिदा एकजना पनि डिष्चार्ज भएका छैनन ।

आज अर्घाखाँचीमा सवैभन्दा धेरै पाणिनी गाउँपालिकामा थपिएका छन् । पाणिनी गाउँपालिकाले वडा नं. ४ पटौटीमा ६१ जनामा गरेको परिक्षणमा ३५ जनामा कोभिड संक्रमण पुष्टी भएको हो । 

त्यस्तै आज नै सन्धिखर्क नगरपालिका वडा नं. ३ र ८ मा गरिएको एन्टिजीन परिक्षण सहित नगरभरमा ३३ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै शितगंगा नगरपालिकामा १२ जनामा संक्रमण पुष्टी हुँदा मालारानी र छत्रदेव गाउँपालिकामा तीन तीन जनामा संक्रमण देखिएको छ । यसैगरी भूमिकास्थान नगरपालिकामा आज एकजनामात्र संक्रमित थपिएका छन् ।

कोरोना विवरण 

 

जिल्ला प्रशासन कार्यालयका अनुसार अर्घाखाँचीमा हालसम्म कोभिडबाट ७१ जनाले ज्यान गुमकाएका छन् भने हाल अर्घाखाँचीमा ४८३ सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्