भुमिकास्थानमा अरिंगालको टोकाईबाट २ जना गम्भीर घाइते: बुटबलमा उपचार हुँदै

| २०७८ सावन १३ गते १२: २५ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका ५ असुरकोटमा अरिंगालको टोकाईवाट २ जना घाईते भएका छन ।

 मंगलवार दिउँसो घर नजिकैको बारीमा घाँस काट्ने क्रममा एक्कासी अरिंगालले टोक्दा २३ वर्षीय नबिना थापा र गीता रानालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानाकारी दिनुभएको छ ।

घाईते दुबैलाई अर्घाखाँची अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि मंगलवारनै बुटवल रिफर गरीएको प्रहरीले जनाएको छ । घाईते दुबैको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्