छत्रदेवमा १४० जना आमाहरूलाई अण्डा वितरण

| २०७८ सावन १३ गते १८: ०३ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। छत्रदेव गाउँ पालिका  वडा नं ६ का १४० जना १ हजार दिन का आमाहरू लाई  अण्डा वितरण कार्यक्रम सम्पन्न।

सुनौलो १००० दिन (गर्भवस्ता देखी बच्चा जन्मेको २ वर्ष भित्रका महिला तथा बालबच्चाको पोषण सुधारका निम्ति सचेतनामुलक कार्यक्रम अन्तर्गत यस वडाका करिब १६० महिला दिदीबहिनीहरूका लागि अण्डा वितरण गरिएको हो l

जसमा घरायसी खाद्य उत्पादन समिति का अध्यक्ष श्री कमल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। गर्भवति तथा २ बर्षमुनिका आमा हजार दिने सबैलाई अण्डा वितरण गर्नुभएको हो l

 सो कार्यक्रम मा  वडा अध्यक्ष  श्री कमल  पौडेल, हे.पो इन्चार्ज  श्री बिश्वदेव न्यौपाने सुआहारा का  छत्र देवपालिका पोषण  सहजकर्ता श्री माया पौडेल साथै वार्ड सदस्य श्री सफिता शाह ले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्