अर्घाखाँचीमा जिप दुर्घटना

| २०७८ सावन १६ गते १५: ३७ मा प्रकाशित

कमला घिमिरे अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँ पालिका पोखराथोक पाल्लेमा जिप दुर्घटना भएको छ ।

पोखराथोक बाट कमैघारिका लागि छुटेको लु १ ज ३४८२ नम्बरको जिप पोखराथोक पात्लेमा बिहान ४:३० बजे दुर्घटना भएको खबर प्राप्त भएको छ ।

जिप बाटो बाट करिव ७० मिटर तल खसेको बताइएको छ । दुर्घटना चालक बिष्णु बहादुर सोमै सहित दुई जना सामान्य घाइते भएका छन । अहिले स्थानीय मेडिकल बाट डिस्चार्ज भएको छन ।

प्रतिक्रिया दिनुहोस्