भारतिय दादागिरीको विरुद्ध बिरोध प्रदर्शन, जय सिंहलाई न्याय दे, भारतिय साम्राज्यवाद मुर्दावाद

| २०७८ सावन १६ गते १९: १० मा प्रकाशित

गुरुदेब खनाल ,अर्घाखाँची।  नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी ) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो ३ बजे सन्धिखर्क नगरपालिका वडा नम्बर २ स्थित भक्तिटोलामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हाे। 

 विरोध र्‍यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।

बिरोध प्रदर्शन

काेणशभालाई नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सन्धिखर्क तथा भुमिकास्थान ङर इन्चार्ज नवीन खड्काले सम्बोधन गर्दै जिल्ला अव्यवस्थित राज्यसत्ता र संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यकाे बाटो बैज्ञानिक समाजवादकाे बाटो रहेकाे ठाेकुवा गरे। भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने उल्लेख गरे । यस्तै आक्रोशित भएका उनले केपी ,प्रचण्ड , देउवाहरू विदेशीकाे गाेटि बनेको भन्दै संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको बताए । भारतीय अतिक्रमण र दादागिरीका विरूद्व जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै उनले नेपालका नेता साम्राज्यवादि र पश्चिमाकाे कारिन्दा भएका कारण जनताल यो अवस्था भाेग्नुपरेकाे उल्लेख गरे।

यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष पदम नेपालीले कुनै पनि हत्या हिंसा , भ्रष्टाचार , बेथिति , अन्याय , अत्याचार पार्टीलाई सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने बताए ।  

पार्टीले १८ गते  पुनः सोही बिषयमा बिरोध सभा  गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्