जङगलमा घाँस काट्न गएको बेला आफ्नै छोरीलाई करणी गरेको अभियोगमा अर्घाखाँचीका ४८ वर्षीय एक पुरुष पक्राउ

| २०७८ सावन १७ गते १५: ४६ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँचीमा १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।स्रोत - नेपाली पात्रो 

प्रतिक्रिया दिनुहोस्