लायन्स क्लब अफ अर्घाखाँचीद्वारा राहत स्वरुप खाधान्न सहयोग

| २०७८ सावन १७ गते १८: ४३ मा प्रकाशित

अर्घाखाँची।  लायन्स क्लब अर्घाखाँची ले सन्धिखर्क नगरपालिका वडा नं. ९ , अर्घा निवासी केही दिन पहिले ज्यान गुमाएका अति विपन्न स्वर्गीय टेकबहादुर नेपाली( बुर्सुली )को परिवारलाई हिन्दु परम्परा अनुसार निजको किरिया खर्चमा प्रयोग गर्नको लागि राहत स्वरुप रासन लगायतका सहयोग उपलब्ध गराएको छ । गठन भएको एक महिना नपुग्दै क्लबले पहिलो राहत सहयोग कार्यक्रम सम्पन्न गरेको छ । अस्तीमात्रै सम्पन्न क्लबको पहिलो बैठकले लिएको निर्णय अनुसार हाल किरियामा रहनुभएका नेपालीका परिवारमा १३ ओैँ दिनको कर्म गर्न समेत आर्थिक अभाव भएपछि क्लवको तर्फबाट खाद्यान्न लगायतका बिबिध सहयोग गरिएको हो ।

उक्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट लायन हरिप्रसाद भुसाल, प्रथम,द्वितीय र तृतीय भाइस प्रेसिडेन्टहरू क्रमश: लायन प्रकाश परियार, लायन कृष्ण पौडेल र लायन कृष्ण भुसाल, सेक्रेटरी लायन सागर पाँडे, सहसचिव लायन प्रेम कुमार थापा, कोषाध्यक्ष लायन मिरा केसी सेजवाल, सहकोषाध्यक्ष लायन कृष्ण प्रसाद भुसाल , डाइरेक्टर द्वय लायन चोपनारायण बन्जाडे र लायन नारायण खनालका साथै लायन प्रदिप आचार्यको उपस्थिति थियो । उक्त राहत सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका प्रेसिडेन्ट , सह कोषाध्यक्ष र स्थानीय समाजसेवी बलबहादुर रायमाझीले मन्तव्य राख्नुभएको थियो ।

स्वर्गीय नेपालीको छाप्रोमा ढोकासम्म पनि नभएको देखिएकोले लायन कृष्ण भुसालबाट ढोकाको लागि थप रकम सहयोग गर्नुभएको थियो । स्थलगत निरीक्षण गर्दा अत्यन्तै दयनीय अबस्थामा रहेको परिवारलाई क्लबको तर्फबाट पहिलो सहयोग गर्न सकेकोमा क्लबको छनोट सहि भएको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्