अर्घाखाँचीमाआज १४ जनामा कोरोना संक्रमण पुष्टी: सक्रिय संक्रमितको संख्या ५८५ पुग्यो

| २०७८ सावन १७ गते २०: ०३ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा आईतवार थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५ जना, मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ सय ३५ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५८५ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २८१ जना, भुमिकास्थान नगरपालीमा ११५ जना, शितगंगा नगरपालीकामा २५ जना, मालारानि गाउँपालीकामा ६५ जना, पाणिनि गाउँपालीकामा ९१ जना र छत्रदेव गाउँपालीकामा ८ जना सक्रिय संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २७ सय ७८ जनाले कोरोनालाई जितेका छन ।

कोरोना विवरण 

यस्तै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ७२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्