वीर अस्पताल को प्रमुखमा अर्घाखाँचीका युबा डाक्टर रुद्र मरासिनी

| २०७८ सावन १८ गते २३: ३९ मा प्रकाशित

धुर्व आचार्य। अर्घाखाँची जिल्लाको तत्कालीन ढिकुरा गाबिस को डेभा मा पिता प्रेमनारायण मरासिनी एवं माता राधा मरासिनी को कोखबाट २०३३ सालमा जन्मिनु भएका डा. मरासिनी सानै उमेरदेखि जेहेन्दार र इमानदार हुनुहुन्थ्यो। 

गाउँ कै सरकारी बिध्यालय श्री बराह प्राथमिक बिध्यालय दारिमपाटा (डेभा) र श्री जनजागृती मा बि धन्चौर  बाट अध्यन गर्नुभएका डाक्टर मरासिनी बनारस हिन्दी बिस्वबिध्यालय बाट आई एस सि उतिर्ण गर्नुभयो त्यसपछि बिपि मेमोरियल अस्पताल धरान बाट एम. बि. बि एस. गरि संखुवासभा जिल्ला अस्पतालमा प्रथम पटक नियुक्त हुनुभयो त्यसपछि वीर अस्पताल काठमाडौ मा एम.डि. गरे लगत्तै भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट को हैसियत मा लगभग  ७ बर्ष सेवा गर्नुभयो। भरतपुर अस्पतालमा कार्यरत रहदा अस्पताल को सुधार गरेको मा सम्मानित समेत हुनुभयो। तत्पश्चात हाल सम्म रास्टृय ट्रमा सेन्टरमा अर्थोपेडिक्स को रुपमा कार्यरत हुनुहुन्थ्यो।
   
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्री स्तरिय निर्णय गर्दै डाक्टर मरासिनी लाई कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकिय अधिकारी पदमा नियुक्ति गरेको छ।
 
बिकट गाउँको सामान्य परिवार मा जन्मे हुर्केका डाक्टर मरासिनी आफ्नो इमान्दारिता, मेहेनत र लगनशीलता ले गर्दा आज देशकै प्रमुख अस्पताल को प्रमुख पदमा नियुक्त हुनुभएको मा हामी सम्पुर्ण  जिल्लावासी गौरवान्वित भएका छौँ । वहाँ को आगामी कार्यकाल सफल एवं प्रसंसनिय रहोस्  यहि छ कामना।

यो लेख जस्ताको तस्तै धुर्व आचार्यको फेसबुक वाल बाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्