अर्घाखाँचीका बिभिन्न स्थानमा चोरीमा सक्रिय रहेको गिरोह पक्राउ

| २०७८ सावन १९ गते १२: ३४ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लामा गत केही महिना देखि सन्धिखर्क लगाएतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गईरहेको छ। 

चोरीका घटना हरुको जानकारी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थाहा पाउँन साथ प्रहरी निरीक्षक सहितको विशेष टोली गठन गरी चोरीका घटनाहरुलाई न्यूनीकरण पार्न खटाईएकोमा मिति २०७८।०४।०३ गते जिल्ला अर्घाखाँची सन्धिर्खक नगरपालिका वडा नं.११ जोगिमारे बस्ने राज कुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप लगाएतका सामान, मिति २०७८।०४।०८ गते ऐ.ऐ. बस्ने बुद्धि बहादुर सेजवालको किराना पसलबाट बिभिन्न किराना सामानहरु, मिति २०७८।०४।०५ गते ऐ.ऐ.बस्ने हिम बहादुर सेजवालको किराना पसलबाट ५० आईटमका किराना सामानहरु, मिति २०७८।०४।१३ गते ऐ.ऐ. जोगिमारे घर भै हाल ऐ.ऐ वडा नं. १ बैंकरोडमा पसल गरी बस्ने बावुराम नेपालीको पसलबाट २ वटा पुरानो ल्यापटप २५ वटा पुराना मोबाईलहरु, १५०० को रिचार्ज कार्ड लगाएतका अन्य सामानहरु गरी ४ स्थानमा चोरी भएकोमा, चोरी भएको रिचार्ज कार्डको प्रयोग भएको मोबाईल नम्बरहरु पत्ता लगाई उक्त चोरीमा संलग्न चोर र चोरी भएका दशी सामानहरु जिल्ला अर्घाखाँची सन्धिर्खक नगरपालिका वडा नं. ११ बस्ने बर्ष २६ को किशन नेपाली, ऐ. बस्ने बर्ष १८ को रोसन नेपालीको घरबाट बरामद गरी निजहरुसंग चोरीमा संलग्न रहेका ४ जना नावालक ( १७ बर्षको १ जना, १५  बर्षको १ जना, १३ बर्षको १ जना, १२ बर्ष १ जना ) सहित ६ जनालाई  पक्राउ गरी चोरी मुद्धामा सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्