आज अर्घाखाँचीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि: १ जनाको मृ'त्यु ,संक्रमितको संख्या ६ सय नाध्यो

| २०७८ सावन १९ गते १८: ०१ मा प्रकाशित

कमला थापा ,संधिखर्क। अर्घाखाँचीमा आज मंगलवार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढेर ६ सय २५ भएको छ। 

मंगलवार संधिखर्क नगरपालिका भित्र १७ जना ,भुमिकास्थानमा ६ जना।,मालारानी गाउँपालिकामा ८ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि जम्मा ३५ जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३५२४ रहेको छ भने हाल उपचाररत ६२५ जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या २८२५ रहेको छ,भने हाल सम्म ७४ जनाको मृ'त्यु भएको छ। 

आज अर्घाखाँचीमा एकजना कोरोना संक्रमितको मृ'त्यु भएको छ। 

कोरोना विवरण 

 

प्रतिक्रिया दिनुहोस्