आज अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या ६ सय ५२ पुग्यो

| २०७८ सावन २० गते १७: ३१ मा प्रकाशित

कमला थापा ,संधिखर्क। अर्घाखाँचीमा आज बुधवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढेर ६ सय ५२ भएको छ। 

बुधवार संधिखर्क नगरपालिका भित्र १३ जना ,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना,शितगंगा नगरपालिकामा १२ जना गरि जम्मा ३५ जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

कोरोना विवरण 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३५५१ रहेको छ भने हाल उपचाररत ६५२ जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या २८२५ रहेको छ,भने हाल सम्म ७४ जनाको मृ'त्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्