अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्ष भुसालको आग्रह: चिकित्सक सेवा प्रवाहको बारेमा जथाभावी टिप्पणी नगरौं, डा. कपिल गौतमको सरुवा भएको छैन

| २०७८ सावन २० गते १८: ०१ मा प्रकाशित

अर्घाखाँची। अस्पताल जस्तो संवेदनशिल क्षेत्रम कार्यरत प्रशासनिक नेतृत्व, विशेषज्ञ लगायत अन्य चिकित्सक र कर्मचारीहरु तथा सेवा प्रवाहको अवस्थाको बारेमा सतही रुपमा जथाभावी टिप्पणी नगरौं, सम्बन्धित निकायबाट प्राप्त आधिकारिक जानकारी र सत्यतथ्यको आधारमा मात्र धारणा सार्वजनिक गरौं । अहिलेलाई अस्पताल बिकास समितिको अध्यक्षको हैसियतले निम्न अनुसारको जानकारी गराउन आवस्यक देखियो ।

१.अर्घाखाँची अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकको दरबन्दिमा चिकित्सक उपलब्ध गराउन अस्पताल बिकास समिति लगायत जिम्मेवार निकायहरुले गरेको पहलले छिट्टै सार्थकता पाउँदै छ, केही समय धैर्यता राखौं ।

२.अहिले कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले केही समय अघि देखि नै अध्ययनको लागि अनुकुल हुने गरि सरुवा हुने मनस्थिती बनाउनु भएको थियो । वहाँको सरुवाको चाहनालाई त्यस पछिका अन्य कुनै प्रसंग संग नजोडौं ।

३. डा. कपिल गौतमको सरुवा भएको छैन र सरुवाको औपचारिक प्रकृया सुरु पनि भएको छैन ।

४. अर्घाखाँची अस्पताल ५० शैयामा स्तरोन्नती भए पश्चात् प्राप्त विशेषज्ञ चिकित्सक लगायतको दरबन्दिमा न्युनतम संख्यामा पनि जनशक्ती उपलब्ध हुन नसकेको अवस्थामा अस्पतालको विकासको बारेमा अस्पताल बिकास समिती र अन्य जिम्मेवार निकायले गरेको प्रयत्न र त्यसबाट प्राप्त उपलब्धीको चर्चा गर्नु ब्यर्थ हुन्छ, त्यसैले विशेषज्ञ चिकित्सकको उपलब्धता पश्चात् मात्र अस्पतालको बिकासमा प्राप्त अन्य उपलब्धिको बारेमा सार्वजनिक रुपमा जानकारी गराईने छ।

५. अस्पताल बिकास समिती अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरुको आत्मसम्मानका साथ काम गर्ने बातावरणको प्रत्याभूति गर्न र जनताको गुणस्तरिय स्वास्थ्य सेवा सहजता साथ  प्राप्त गर्न पाउनुपर्ने नैसर्गिक अधिकारको सुनिश्चितता गर्न उत्तिकै सम्वेदनशिल रहेको ब्यहोरा सबिनय जानकारी गराउन चाहान्छु ।
                                                  श्रीकृष्ण भुसाल
                                                        अध्यक्ष
                                     अर्घाखाँची अस्पताल बिकास समिती

श्रीकृष्ण भुसालको फेसबुक वाल बाट जस्ताको तस्तै साभार गरिएको लेख 

प्रतिक्रिया दिनुहोस्