आज अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या ७ सय १० पुग्यो,एक जनाको मृ'त्यु

| २०७८ सावन २२ गते २१: ३९ मा प्रकाशित

कमला थापा ,संधिखर्क। अर्घाखाँचीमा आज शुक्रवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढेर ७ सय १० भएको छ। 

बिहिवार संधिखर्क नगरपालिका भित्र १७ जना ,मालारानी गाउँपालिकामा १ जना र शितगंगा नगरपालिकामा ६ जना गरि जम्मा २४ जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३६११  रहेको छ भने हाल उपचाररत ७१० जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या २८२५ रहेको छ,भने हाल सम्म ७६ जनाको मृ'त्यु भएको छ। 

कोरोना विवरण 

कोरोन बाट आज अर्घाखाँचीमा थप एक जनाको मृ'त्यु भएको छ। 

 

प्रतिक्रिया दिनुहोस्