अर्घाखाँचीमा कोरोनाको जोखिम बढेपछि शितगङ्गामा ‘तपाईंको मास्क खै’अभियान शुरू

| २०७८ सावन २३ गते १३: ४२ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकाका मुख्य बजारमा तपाइको माक्स खै अभियान सुरु भएको छ।

अर्घाखाँचीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापनलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यलय ठाडाका प्रमुख सन्दिप बेल्बासेको कमान्डमा  शितगङ्गाका मुख्य बजारमा ‘तपाईंको मास्क खै’अभियान शुरू गरेको हो ।

शितगङ्गामा ‘तपाईंको मास्क खै’अभियान शुरू

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै शितगङ्गामा माक्स लगाउन कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको बेल्वासेले बताउनुभयो ।

शितगङ्गामा ‘तपाईंको मास्क खै’अभियान शुरू

अत्यावश्यक हिडडुल गरेका सवारी साधनलाई रोकेर माक्स नलगाई  हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने बेल्बासेले बताउनुभयो । बजार क्षेत्र अमराई ,ठाडा,सितापुरलाई परिक्रमा गरिएको थियो। मानिसको अत्याधिक चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको बेल्बासेले बताउनुभयो ।

मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको बेल्बासेले बताउनुभयो । माक्स खै अभियानमा नगरपालिका स्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकाय,शिक्षक ,पत्रकार विभिन्न कार्यालय तथा सरोकारवालाहरूको अगुवाइमा सचेतनामुलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो ।

शितगङ्गामा ‘तपाईंको मास्क खै’अभियान शुरू

विश्वभर कोरोना संक्रमणको दर बढेसँगै अर्घाखाँचीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले  भिडभाड,जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ । जिल्लामा साउन ३० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दोस्रो लहरको रूपमा फैलिएको कोरोनाबाट ७१० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्