अर्घाखाँचीमा कडा लकडाउँन,भुषको आगो जस्तै फैलिँदै कोरोना: आज एकैदिन ७१ जनामा कोरोना संक्रमण,५१ जना डिस्चार्ज,एकको मृ'त्यु

| २०७८ सावन २३ गते १८: ४५ मा प्रकाशित

अर्घाखाँचीमा कडा लकडाउँन तर भुषको आगो जस्तै फैलिँदै कोरोना: एकैदिन ७१ जनामा कोरोना संक्रमण,५१ जना डिस्चार्ज,एकको मृ'त्यु (सम्पूर्ण विवरण सहित)

कमला थापा ,संधिखर्क। अर्घाखाँचीमा आज शनिवार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढेर ७ सय ३० भएको छ। 

शनिवार संधिखर्क नगरपालिका भित्र २२ जना ,भुमिकास्थानमा १५ जना ,मालारानी गाउँपालिकामा २८ जना पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि जम्मा ७१  जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३६८२ रहेको छ भने हाल उपचाररत ७३० जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या २८७६ रहेको छ,भने हाल सम्म ७७ जनाको मृ'त्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसलाई पराजित गरि ५१ जना घर फर्किएका छन्। 

कोरोना विवरण 

कोरोन बाट आज अर्घाखाँचीमा थप एक जनाको मृ'त्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्