युवाहरुको पहलमा भुमिकस्थानका स्वास्थ्य चौंकीमा स्वास्थ्य उपकरण तथा सुरक्षा सामग्रीहरु सहयोग (तस्विर सहित)

| २०७८ सावन २८ गते १४: २८ मा प्रकाशित

प्रकाश दाई ,खिल्जी। अर्घाखाँचि जिल्लाको भुमिकास्थान नगरपालिका ५ र ६ का  युबाहरुले अत्यन्तै उदाहरणिय कार्य गरेका छन् । खासगरी  बिदेश तथा देशका दुई ठुला सहर काठमान्डौ र बुटवल क्षेत्रलाई  कर्मथलो बनाउँदै आएका युवाहरुले  व्यक्तिगत पहलमा स्वास्थ्य उपकरण तथा  अन्य सामाग्रीहरु सहयोग गरेका हुन् ।

स्वास्थ्य उपकरण तथा  अन्य सामाग्रीहरु सहयोग

आज एक कार्यक्रमको आयोजना गरी,भुनपा- ५ र ६ का दुई स्वास्थ्य चौकी, एक प्रहरी चौकी र तहाँ कार्यरत ३१ जना स्वयम सेविकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

पश्चिम  नेपालमै उत्कृस्ट बर्थ सेन्टरको उपमा पाएको  भु न पा - ६ , खिल्जी स्वास्थ्य चौकिलाई,१  थान डेलिबरी बेड,  एक थान डप्लर,  केहि थान थर्मल गन,  थर्म मिटर,  माक्स,  स्कृन ( पर्दा),  अक्सिमिटर,   ग्लोब्स, भिटामिन सि, डि, मल्टिभिटामिन,  सिटामोल , bp सेट,  कफ सिरप लगायत सामाग्रीहरु सहयोग प्रदान गरिएको थियो ।

स्वास्थ्य उपकरण तथा  अन्य सामाग्रीहरु सहयोग

त्यसैगरी,भुनपा- ६ असुरकोटको हितमा- एकथान बेड,  अक्सोमिटर, थर्मल गन, bp सेट, माक्स,  सेनिटाइजर,  भिटामिनहरु, कफ सिरप, ppe सेट, ग्लोभ्स लगायतका सामग्रीहरु सहयोग प्रदान गरिएको थियो ।

उसैगरि, ति दुई वार्डमा कार्यरत  ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागी,झोलामा- अक्सोमिटर,  थर्मोमिटर,  माक्स,  सेनिटाईजर, ग्लोभ्स  र औसधीको  प्याकेज बनाएर एक एक थान सहयोग प्रदान गरिएको थियो ।

 यसरी स्वास्थ्य चौकि तथा स्वयम सेबिका महिलाहरुलाई यि स्वास्थ्य सामाग्री बितरण गर्नुको उदस्य -  गाउँ लेबलमा बिकराल रुपमा रहेको कोरोनाबाट बच्नको लागी सहयोग होस भन्नु हो ।

गाउँमा कोरोना संक्रमित भएकाहरुको अक्सिजन लेवल,  ज्वरो कति छ भन्ने सम्म चेक गर्ने अबस्था नभएकोले यो सहयोग पस्चात यि न्युनतम कुराहरुको समस्या सुल्झ्ने र अगाडिको उपचार के कसरी गर्ने जानकारि तथा निर्ण्य लिन सजिलो हुने कुरा, यस अभियानका एक सदस्य  सन्जय गैरेले  बताउनु भयो ।

यसरी युवाहरु एक जुट भएर गाउँका लागी सहयोगी बनेको यो नै पहिलो घटना भने होइन । यो समुहले -एम्बुलेन्स,  सिबिर, मन्दिर निर्माण,  असक्त हरुको उपचारमा सहयोग लगायत दर्जनौ सामाजिक कार्यमा  सहयोग गर्दै आएको थियो ।

यि सम्पुर्ण कार्यमा खिल्जी असुरकोट सेवा समाजले समन्वयन गर्दै आईरहेको छ ।यसपाली, मालारानी - ५ स्थायि घर भै हाल अस्ट्रेलिया बस्दै आउनुभएका श्री नारायण पन्थी ज्युले पनि ३४ थान अक्सिमिटर सहयोग गर्नुभएको हो ।

भुमिकास्थानको स्वास्थ्य चौकीमा खोप् लगाईदै 

करिब २ लाख ५०  हजार बराबरको स्वास्थ्य सामाग्री बितरणमा,यसपालि , खिल्जि  रुपन्देही सम्पर्क समाज पनि सहयोगी भुमिकामा जोडिएको थियो ।

 स्वास्थ्य उपकरण तथा  अन्य सामाग्रीहरु सहयोग कार्यक्रम 

प्रतिक्रिया दिनुहोस्