अर्घाखाँचीमा नामको मात्र लकडाउँन: सुरक्षा चेकजाँच एकदमै फितलो,कोरोनाले झनै उग्ररुप लिँदै,सवारीसाधनलाई हुँदैन चेकजाँच

| २०७८ सावन २९ गते ००: १७ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क।अर्घाखाँची जिल्लामा सुरक्षा निकायको कम्मजोरीका काराण कोरोनाले भयावह रुप लिँदै गईरहेको छ। साउँन २८ गते मात्र अर्घाखाँचीमा १५४ जनामा कोरोना भाईरस देखिएको छ।जिल्लामा कडा लकडाउन छ भनेर प्रचारप्रसार गरिएता पनि सुरक्षा निकायको लाहपर्बाही र कम्मजोरी,नामको मात्र लकडाउँन भएको कारणले गर्दा जिल्लामा भुषको आगो जस्तै कोरोना फैलिएको जिल्लावासीको आरोप रहेको छ। 

अर्घाखाँची जिल्लामा सुरक्षामा खटिने प्रहरीहरुले नाता बाद र कृपा बादको तवरले लकडाउनको भरपुर सदुपयोग गरेको जनगुनासो आईरहेको छ। आफुले चिन्ने जान्ने र आफन्तलाई बजार क्षेत्र देखि सिमा क्षेत्रमा खुल्लेआम कुनै चेकजाँच नगरी आवतजावत गर्न दिने र पास बोकेर हिडेका सवारी साधन हरुलाई चाहिने भन्दा धेरै दु:ख दिने ,केरकार पार्ने गरेको चालकहरुको भनाई रहेको छ। सुरक्षामा खटिएका राष्ट्रसेवक नै नाता बाद र कृपा बादमा संग्लन भएपछी जिल्लामा सुरक्षा निकाएको के आशा गर्नु ? र जिल्लामा लकडाउन गरेर कोरोना रोकथाम हुन्छ भन्ने के आशा गर्नु ?लकडाउनको बेलामा अनावश्यक हिड्ने बिना पास लिएर दैनिकी दर्जनौँ ट्याक्सी बुटवल काठमाण्डौ आवतजावत गर्नेलाई कडाई गर्नु पर्ने हैन र ? के पावर र पौचं वालालाइ प्रशाशन देखि स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड हरु लागु हुदैनन् र ?के अर्घाखाँचीमा लकडाउन गरिब जनता हरुलाई मात्र लगाईएको होर ? कि गरिब मजदुर हरुको गाँस खोस्न लगाईएको लकडाउन हो ? आम जिल्लावासीको सम्बन्धित निकायलाई गम्भीर प्रश्न रहेको छ। 

अर्घाखाँची जिल्लामा सुरक्षा निकायको कम्मजोरी

जिल्लामा नव प्रमुख प्रहरी नायव उपरीक्षक आएपछि कोरोना रोकथाममा अहम भूमिका खेल्ने छन् ,लकडाउन लाई कडाई का साथ सफल पार्ने छन् ,अनावश्यक हिडडुल गर्ने मानिसहरु र  बिना पास अर्घाखाँची बुटवल गर्ने सवारी साधन हरु लाई कडा रुपले चेकजाँचमा महत्वपूर्ण भूमिका खेली अर्घाखाँचीमा बढ्दो कोरोना दरको संख्यालाई कमि गराउँने छन् भन्ने आशा लाइ निराशामा परिणत गरिदिएको जिल्लावासी का बारीष्ठ ब्याक्तिहरुको गुनासो रहेको छ। 

अर्घाखाँची जिल्लामा सुरक्षा निकायको कम्मजोरी

दैनिकी अर्घाखाँचीका बिभिन्न सिमा क्षेत्रबाट दर्जनौ सवारी साधन हरु नेपाल सरकारले तोकेको भाडादर भन्दा अवैधानिक तरिकाले अधिकतम भाडा यात्रुहरु संग अशुल गरि गुल्मी ,प्युठान ,बुटवल पाल्पा गाडीहरु गुडी रहेका छन्। मुख्य सडकमा जिल्ला भित्र रहेका इलाका प्रहरी कार्यालयहरुले सवारी साधनहरु लाइ चेकजांच नगर्नु ? यात्रुहरु बाट अनावश्यक भाडा अशुल्नु,सवारी साधनमा सवार यात्रुहरुलाई कडाईका साथ् चेकजांच नगर्नु ?सिमा क्षेत्र देखि बाहिरि जिल्ला बाट बिभिन्न बाहानामा अर्घाखाँची मा छिर्ने बाइक र ब्याक्तिहरुलाई बिना चेकजाँच गरि प्रवेश गर्न दिनु?के यहि होत सुरक्षा निकायले निभाउने जिम्मेवारी ?अर्घाखाँची जिल्लामा दैनिकी ५० जना भन्दा धेरै ब्याक्तिमा कोरोना संक्रमण हुनुको मुख्य कारण नै सुरक्षा निकाय फितलो रहेको आम जिल्लावासीले मुल्यांकन गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्