अर्घाखाँचीको अर्घामा बँदेल आतंक: मकै बालि खाएर नष्ट बनायो,कृषकहरु चिन्तित (भिडियो सहित)

| २०७८ सावन २९ गते १८: २२ मा प्रकाशित

रमेश थापा,अर्घा।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का बिभिन्न स्थानमा जंगली जनावर बँदेलले कृषकहरुको मकै वालीमा आतंक मच्चाईरहेको छ।

सम्बन्धित निकायलाई बँदेल नियन्त्रणका लागि बारम्बार जानकारी गराउँदा पनि कुनै चाँसो नदिएको कारण आज जंगली जनावर बँदेलको आतंक बाट आफुहरुले बर्षौँ पिच्छे दु:ख पिडा खेपीरहेको एक कृषकले बताउँनु भयो। 

बर्ष भरि बसेर खाने मकै बाली कृषकहरुले घर भित्र्याउँन नपाउँदै बँदेलले खाएर नष्ट पारिदिएपछि सन्धिखर्क ९ का अर्घा मसुरेपाटा ,खरिया, ओडार पानी ,सक्रेटी,घर्तीखोर दिप गौउँचोरका कृषकहरु अत्यन्तै चिन्तित रहेँका छन।

एकातिर कोरोनाको लहरले तमाम स्थानीयवासी हरु रोजगार बिहिन भएका छन, अर्को तिर जिल्लामा लकडाउन चलिरहेको छ यता जंगली जनावर बँदेलले मकैबालि सबै खाएर नष्ट पारिदिएर झनै ठुलो पिडा कृषक हरुलाई थपिदिएकोले बँदेल नियन्त्रण कसरि गर्ने भन्ने ठुलो चोटमा परेका छन।बँदेल नियन्त्रणका लागि सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यानाकर्षण जावोस भन्ने अर्घाखाँचीबुलेटिन परिवार यसै समाचार मार्फत अनुरोध गर्न चाहान्छौँ। 

प्रतिक्रिया दिनुहोस्