पाणिनीमा माटोको ढिस्कोले पुरिँदा धातिवाङ्गका ४३ बर्षिय मानबहादुर सुनारको मृ'त्यु

| २०७८ सावन २९ गते २२: २३ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा अविरल बर्षाका कारण माटोको ढिस्को खसेर पुरिँदा सोहि पालिकाका ४३ बर्षिय मान बहादुर सुनारको मृ'त्यु भएको छ। 

पाणिनी गाउँपालिका ६ धातिवाङ्ग घर भएका मृतक मानबहादुर सुनार पाणिनी ५ मैदान निवासी मेघराज घिमिरेको निर्माण हुँदै गरेको घरमा सिमेन्ट (मिस्त्री) काम गर्ने क्रममा घर माथि रहेको माटोको ढिस्को एक्कासि खस्दा आज दिउँसो करिब ४:३० बजेको समयमा पुरिन पुगेका थिए। 

घटनाको खबर पाउँन साथ नेपाल प्रहरी र स्थानीयहरुको बाक्लो उपस्थितिमा झन्डै  ४ घण्टाको कडा संघर्ष पछि जेसिबिको साहयतामा मानबहादुर सुनारको शवलाई बाहिर निकालिएको  थियो। 

प्रतिक्रिया दिनुहोस्