सनपा १२ का वडा अध्यक्ष नारायण खड्का द्वारा भत्ताको रकमबाट बृद्धहरुलाई हर्लिक्स वितरण.

| २०७८ सावन ३२ गते ०४: १२ मा प्रकाशित

प्रेमनारायण आचार्य, सन्धिखर्क।सन्धिखर्क नगरपालिकावडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्काले आफुले पाएकाे भत्ताको रकमबाट बृद्धहरुलाई हर्लिक्स वितरण गर्नु भएको छ ।

६५ बर्ष माथिका बृद्धहरुलाई आफ्नै खर्चमा अर्घाखाँची अस्पताल मा लगेर काेराेना खाेप लगाईदिएका अध्यक्ष खड्काले आज वडाकाे नगर स्वास्थ्य सस्थामा काेभिड विरुद्धको खाेप लगाएका बृद्धहरुलाई हर्लिक्स वितरण गर्नु भएको हाे ।

वडा अध्यक्षकाे हैसियतमा प्राप्त गरेको भत्ताकाे रकमबाट बृद्धहरुलाई हर्लिक्स र मास्क वितरण गरेको वडा अध्यक्ष खड्काले बताउनुभयाे । पहिलो खाेप लगाउदा बृद्धहरुलाई अर्घाखाँची अस्पतालमा लैजादा ५ वटा मिनि बस (हाइस) रिजर्भ गर्दा लागेकाे र दाेस्राे डाेज खाेप वडाकाे स्वास्थ्य सस्थामा लगाउने भएपछि साेहि बराबरको रकमबाट हर्लिक्स र मास्क प्रदान गर्नु भएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य हिमकला टमाटा, वडा सदस्य बाबुराम बस्याल , समाजसेवी हरिबहादुर खड्का , स्वास्थ्य सस्था प्रमुख सन्जु केसी लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम वडा सचिव अनन्त पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्