अर्घाखाँचीमा देउराली यातायातद्धारा सवारी साधन चलाउँन दिन माग: भाद्र ८ गतेपछि सबै खुल्ने

| २०७८ भदौ ४ गते १५: ५४ मा प्रकाशित

गुरुदेब खनाल। अर्घाखाँची जिल्लामा जारी रहेको निषेधाज्ञाका कारण व्यवसाय चौपट भएको भन्दै देउराली यातायात अर्घाखाँचीले सवारी साधन चलाऊन दिन माग गरेको छदेउराली यातायात अर्घाखाँचीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाउदै मापडण्ड पालना गरी सम्पूर्ण सवारी साधन चलाऊन दिन माग गरेको हो । 

देउराली यातायात अर्घाखाँची प्रा.लिका अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेको टोलीले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । उनिहरुले यातायातमा कार्यरत कर्मचारी, चालक, सहचालक,सवारी धनीलाई जारी रहेको निषेधाज्ञाका दैनिक छाक टार्नै मुस्किल भएको, बैंकको किस्ता तिर्न नसकिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्